चितवन, चितवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केरावारीमा हिजो साँझ ६ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको ना ६ ख ३३१२ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक तनहुँ जिल्ला भानु नगरपालिका ८ निवासी बर्ष ३८ का सन्जिव रायमाझीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस