काठमाडौं, प्रदेश नम्बर १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन्। निर्वाचनमा उनले २९ मध्ये १८ मत प्राप्त गर्दै संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।
थापा पार्टीका प्रदेश कमिटी सभापति समेत हुन्। उनी कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्।
थापाका प्रतिस्पर्धीमा शेखर कोइरालानिकट केदार कार्की र शेरबहादुर देउवानिकट अमृत अर्याल थिए। कार्कीले नौ मत प्राप्त गर्दा अर्यालले दुई मत प्राप्त गरेका छन्।
पछिल्लो समय केन्द्रमा कांग्रेस नेतृत्त्वको साविक सत्ता गठबन्धन भत्किएसँगै प्रदेशमा पनि त्यसको प्रभाव पर्न थालेको छ। यसअघि आज निर्वाचित भएका सिटौलानिकट थापाको पक्षमा नौ जना मात्र खुलेका थिए। तर गठबन्धन भत्किएसँगै देउवानिकट प्रदेश सांसदहरू तितरवितर हुन थालेका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस