काठमाडौं बालगायिका कमला घिमिरेको एउटा लाइभ दोहोरी गीत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । गायक सुमन परियारसँग मिलेर उनले गाएको उक्त गीतले एकैसाथ आक्रोश र चर्चा बटुलेको छ ।
नाबालिका बलात्कार आरोप बारेका पछिल्ला दुई स्क्यान्डललाई घुमाउरो ढंगले व्यंग्य गरिएको यो गीतलाई सयौंले युट्युब, टिकटक, फेसबुक लगायतको टाइमलाइनमा टिप्पणी गरिरहेका हो ।
सानै उमेरदेखि दोहोरी गायनमा चर्चा बटुलेकी कमला पनि विवाद र आलोचनाले घेरिएकी छन् । खासगरी उक्त गीतको विषयवस्तु र ‘कम्पोजिसन’ आपत्तिजनक रहेको भन्दै तत्काल माफी माग्न सामाजिक सञ्जालमा माग भइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस