चितवनमा सवारी लाइसेन्स को आर्थिक प्रस्तावको फाइल खोलियो ।
२०७९ पौष १, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
हेल्लो चितवन अन्लाईन् (१ साल अघि)
भरतपुर । चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको लागि बाँकी प्रक्रिया अघि बढेको छ। अख्तियारमा रोकिएको फाइल यातायात कार्यालय भरतपुरमा आएसँगै आज (शुक्रबार) आर्थिक प्रस्तावको फाइल खोलिएको छ।
जिल्ला प्रशासन कार्यालयमा आर्थिक प्रस्ताव पेश गर्ने महालक्ष्मी ट्रायल सेन्टर र सद्गुरुका प्रतिनिधि समेतको उपस्थितीमा फाइल खोलिएको हो। अब आर्थिक प्रस्ताव मूल्याकंन समितिको बैठक बसेर दुईमध्ये एक ट्रायल सेन्टरलाई लाइसेन्सको प्रयोगात्मक परीक्षा स्थलका रुपमा छनौट गर्ने यातायात कार्यालय चितवनका प्रमुख कालिबहादुर भुजेलले जानकारी दिए।
आर्थिक प्रस्तावको फाइल खोलेको १५ दिनभित्र मूल्यांकन समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ। समितिले कुनै एउटा ट्रायल सेन्टर छनौट गरेपछि आशयको सूचना प्रकाशित गर्छ। यसमा कार्यालयले छनौट भएको ट्रायल सेन्टरको नाम सार्वजनिक गरी सम्झौताका लागि बोलाउँछ। स्रोतका अनुसार प्रयोगात्मक परीक्षा स्थलको रुपमा महालक्ष्मी ट्रायल सेन्टर छनौट हुने सम्भावना उच्च छ।
प्रतिक्रिया दिनुहोस