काठमाडौं । सुकुम्बासीमाथि सरकारी पक्षले गरेको धरपकडको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन भएको छ ।
सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले विना विकल्प उठिबास गराउन नपाइने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरुमाथि महानगरले दिएको जाहेरी फिर्ता लिन पनि माग गरेका छन् ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीले उठिबासको त्रास कहिलेसम्म? जिल्ला भूमि आयोगको कामलाई तिब्र पारियोस् जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस