के तपाईं आफ्नो फेसबुक अकाउन्टमा धेरै गोप्यता चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईं आफ्नो फेसबुक प्रोफाइल लक गरेर आफ्नो फेसबुक अकाउन्टलाई गोप्य तरिकाले राख्न सक्नुहुन्छ । तपाईंको प्रोफाइल लक गर्नाले फेसबुकमा साथी नरहेका मानिसहरुले तपाईंको फेसबुक प्रोफाइलको सीमित हिस्सा मात्र देख्न पाउँछन् । तपाईंले फेसबुकमा गर्ने फोटो तथा पोस्ट, प्रोफाइल पिक्चर तथा कभर फोटो, स्टोरी तथा नयाँ पोस्टहरु केबल फेसबुकमा साथी रहेकाले मात्र देख्न सक्दछन् । तपाईंले आफ्नो प्रोफाइल लक गरेसँगै तपाईंले गर्ने पब्लिक पोस्ट समेत सार्वजनिक हुँदैनन् र केबल साथीहरुले मात्र देख्दछन् ।
यदि तपाईं आफ्नो फेसबुक प्रोफाइल लक गर्न चाहनुहुन्छ भने आफ्नो मोबाइल एप तथा ब्राउजरबाट गर्न सक्नुहुन्छ । तर वास्तवमा फेसबुकको डेस्कटप भर्सनमा चाहिँ प्रोफाइल लक गर्ने फिचर उपलब्ध छैन र केवल एन्ड्रोइड एपमा मात्र उपलब्ध छ । त्यसैले यसका लागि एउटा ट्रिक अपनाउनु पर्दछ, आफ्नो फेसबुक प्रोफाइल लक गर्नका लागि ।
मोबाइल एपबाट फेसबुक प्रोफाइल कसरी लक गर्ने ?
डेस्कटपबाट फेसबुक प्रोफाइल कसरी लक गर्ने ?
वास्तवमा फेसबुक प्रोफाइललाई डेस्कटप ब्राउजरबाट लक गर्ने सिधा तरिका छैन । यसका लागि एउटा ट्रिक अबलम्बन गर्नुपर्दछ ।
आइफोनमा फेसबुक प्रोफाइल कसरी लक गर्ने ?
वास्तवमा एन्ड्रोइड एपमा जस्तो फेसबुक प्रोफाइल लक गर्ने सुविधा आइओएसमा छैन । त्यसैले आइफोन प्रयोगकर्ताले पनि फेसबुक प्रोफाइल लक गर्नका लागि माथि उल्लेख गरिएजस्तै ब्राउजरको घुमाउरो विधि अपनाउनु पर्दछ ।
फेसबुक प्रोफाइल अनलक कसरी गर्ने ?
यदि तपाईं लक्ड भएको आफ्नो फेसबुक प्रोफाइल अनलक गर्न चाहनुहुन्छ भने मोबाइल र डेस्कटप दुबैमा एउटै उपाय हुन्छ । तपाईंले ीयअप एचयाष्भि को साटो ग्लयिअप एचयाष्भि अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गरी अघिल्लो स्क्रिनमा ग्लयिअप मा थिच्नुपर्दछ । त्यहाँ आफ्नो प्रोफाइल अनलक गर्ने तरिकाका बारेमा संक्षिप्त जानकारी देख्नुहुनेछ र सबैभन्दा तल आफ्नो प्रोफाइल अनलक गर्ने अप्सन देखिन्छ । त्यसमा क्लिक गरेर तपाईंले आफ्नो फेसबुक प्रोफाइल अनलक गर्न सक्नुहुन्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस