नेपालगंज । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पूर्वप्रहरी कर्मचारीका सन्तानलाई विद्यालय भर्ना र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।
बाँकेमा पूर्व प्रहरी कर्मचारीहरूसँगको अन्तरक्रियामा महानिरीक्षक सिंहले यस्ते प्रतिबद्धता जनाएको हुन् । उनले पूर्व प्रहरी कर्मचारीहरूको हकहितका लागि संगठनबाट सक्दो सहयोग हुनेसमेत बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज)का प्रमुख, लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगन्जका प्रमुख लगायत प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस