चितवन, भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शिलान्यास गरे। प्रचण्ड र घिसिङले पूर्व–पश्चिम राजमार्गको छेउमा गैंची चलाएर आयोजना शुभारम्भ गरेका थिए।
भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोकबाट केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ। बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ। सन् २०२४ जनवरीसम्म काम सम्पन्न गर्नुपर्नेछ। भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत गर्न लागिएको हो। एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले आयोजना अघि बढाएको हो।
भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो। निर्माण जिम्मा भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई दिइएको छ। उक्त कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्नेछ । ठेक्का रकम २ अर्ब ५० करोड हाराहारी रहेको आयोजनाले जनाएको छ।
बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ। सन् २०२४ जनवरीसम्म काम सम्पन्न गर्नुपर्नेछ। भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत गर्न लागिएको हो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत भदौंमा हतारमा उद्घाटन गरेका थिए तर उद्घाटन भएको झण्डै एक वर्ष बितिसक्दा पनि काम सन्तोषजनक देखिएको छैन । तार भूमिगत गर्न ठेक्का लागेको झण्डै एक वर्ष बितिसक्दा पनि परियोजनाको काम अलमलमा देखिन्छ । अहिले जिम्मा पाएको भारतीय टाटा कम्पनीले भूमिगत गर्न आवश्यक पर्ने पर्याप्त सामानहरु पनि ल्याउन सकेको छैन ।
भरतपुरमा ३३ केभीको ९ सर्किट किलोमिटर, ११ केभीको ७५ सर्किट किलोमिटर,४०० केभीको ७० सर्किट किलोमिटर र २८ किलोमिटर अप्टिकल फाइबर भूमिगत गर्न ठेक्का लागेको थियो । पहिलो चरणमा रिंगरोड क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गरिने भनिए पनि काम सुरु भएको छैन । नारायणगढको पुलचोकदेखि आँपटारी, आँपटारीदेखि केन्द्रीय बस टर्मिनल तथा केन्द्रीय बस टर्मिनलदेखि पुलचोकसम्म पहिलो चरणमा भूमिगत हुने बताइएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस