काठमाडौँ। आइतबार बिहान रुपन्देहीको भैरहवामा भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले चुनावी परिणाम आइसकेपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन्।
खाण रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए। उनले जनताको अभिमतलाई आफूले सहजतापूर्वक लिएको प्रतिक्रिया दिए।
खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरुबीच पाँच वर्षसम्म व्यवस्थालाई मझबुत बनाउँदै नागरिकको अवस्था सुधार्ने सहमति भएकाले सोही अनुरुप अघि बढ्ने बताए।
‘अब गठबन्धनकै सरकार बन्छ। पाँचदलीय गठबन्धनकै बहुमत पुग्छ,’ उनले भने, ‘नागरिकका अवस्था सुधार गर्न सरकारले काम गर्नुपर्छ।’ अब बन्ने सरकार ५ वर्षसम्म टिक्ने पनि उनले भने।
उनले अब प्रधानमन्त्री को बन्ने भन्ने विषयमा बैठकमा बसेर टुंगो लगाउने बताए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस