चितवन–२ ‘ख’ प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार उत्तम जोशी विजयी हुनुभएको छ । जोशी आफु मात्र बिजय नभयर चितवन जिल्लामानै कांग्रेस चितवन लाई निर्बाचनमा नील हुन बाट बचाय ।
जोशीले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गर्नुभएको हो । पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जोशीले १३ हजार ३०६ मत ल्याउनुभएको छ भने ज्ञवालीले १२ हजार ७४४ मत ल्याउनुभएको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका जगदिश्वर अधिकारीले सात हजार ६०८, नेपाल सुशासन पाटीका केदारराज पन्तले एक हजार ४९४ मत ल्याउनुभएको छ । अन्य १० जना उम्मेदवारहरुले एक हजार मत पनि कटाउन सकेका छैनन् ।
चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने विजयी भइसकेका छन् । त्यसैगरी चितवन-२ को प्रदेश सभा-१ मा एमालेका कृष्ण सिलवाल विजयी भएका छन् ।
जोशी नेपाली कांग्रेस चितवन जिल्लाका पूर्व सचिव हुन् । चितवनका तीन प्रतिनिधि सभा निर्वाचन क्षेत्र र छ प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले एक स्थानमा मात्र जीत हात पारेको हो । जोशीले एक सिट मात्र जितेर कांग्रेस चितवन इज्जत जोगायका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस