२ मंसिर दाङ । दाङमा श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बबई गाउँपालिका–१ क्यूरेनी निवासी ४० वर्षीय लालबहादुर बोटे रहेका छन् ।
हथौडा प्रहार गरी ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या गरेकाे आरोपमा बाेटेलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मानबहादुर विष्टले जानकारी दिए ।
सामान्य झगडा पछि श्रीमती खुमीको शुक्रबार बिहान ३ बजे हत्या गरेको बयान बाेटेले दिएको प्रहरी निरीक्षक विष्टले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस