काठमाडौं,मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कलाकार पनि होमिएका छन् ।यो मामिलामा प्रदीप खड्का एक कदम अघि देखिएका छन् । बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा सहभागी भएर प्रदीपले चौधरीलाई भोट मागेका थिए भने बुधबार अर्का उम्मेदवार गगन थापाको चुनावी घरदैलोमा पुगेर उनको पक्षमा भोट समेत मागे । यति मात्र होइन, प्रदीपले गगनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारे ।
सँगै उभिएका उम्मेदवार थापाले भने, ‘हाम्रो पुस्ताको चर्चित मात्र होइन, सम्भावना भएको नायकले मैदानमै आएर मेरो पक्षमा भोट माग्नुभयो, म यसप्रति आभारी पनि छु ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस