३० कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवाको अधिकृत बाह्रौ तह (अतिरिक्त स्वास्थ्य सचिव) पदको रिक्त दुई पदमा बढुवा प्रक्रिया अघि बढाएको छ ।
समितिले बिहीबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक कर्मचारीले १५ दिनभित्र व्यक्तिगत विवरण बुझाउन भनेको छ । डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीको अवकाशपछि दुईवटा दरबन्दी रिक्त छ ।
बाह्रौं तहमा बढुवा हुनका लागि २०७९ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६ (१) बमोजिम एघारौं तहमा कम्तीमा ३ वर्ष सेवा गरेका कर्मचारीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
सूचनामा उनीहरुलाई मन्त्रालयको वेवसाइटमा रहेको बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम डाउनलोड गरी सम्बन्धित निकायबाट प्रमाणित गराई पेश गर्न भनिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस