सुर्खेत,
आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनले देशलाई असाधारण महत्त्वको फैसला गर्दै देशलाई अस्थिर बनाएर बरबादीतर्फ धकेल्नेहरूको फैसला गर्ने बताउनुभएको छ । । कालिकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको निर्वाचन सधैँ आइरहने निर्वाचन जस्तो नहुने बताउनुभएको छ । ।‘यो निर्वाचन सधैँ आइरहने निर्वाचन जस्तो होइन, यस निर्वाचनले असाधारण महत्त्वको फैसला गर्नुपर्ने छ,’ अध्यक्ष ओलीले भन्नुभयो ‘यति बेला हाम्रो देश कता जाने यस मङ्सिर ४ गतेले फैसला गर्ने छ, मङ्सिर ४ ले यस देशको राष्ट्रियता, यस देशको स्वाधीनता, यस देशको स्वतन्त्रता, यस देशको भौगोलिक अखण्डता र यस देशको राष्ट्रिय हितको रक्षा र सम्बर्द्धन सँगसँगै देशको गौरव र स्वाभिनमाथि उठाउने कि देशलाई पराधीनता तर्फ देशलाई लाने यो फैसला मङ्सिर ४ ले गर्छ ।’सत्ता गठबन्धनलाई इङ्गित गर्दै अध्यक्ष ओलीले फुटेका हाँडीका कप्टेरा जस्तो जोडेर सरकार बनाए झैँ गर्ने र देशलाई बरबाद पार्न कठपुतली सरकारका नाममा घुणा टेकुवा नेतृत्व बनाएर देश बरबाद पार्ने तत्त्वको फैसला यस निर्वाचनले गर्ने बताउनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस