इटालीमा भएको प्रदर्शनी ईआईसीएमएमा होन्डाले नयाँ स्क्रयाम्बलर बाइक लन्च गरेको छ । सो बाइकको नाम सीएल५०० राखिएको छ । यो ५०० सीसी सेगमेन्टको बाइक हो ।
सो बाइक ६० र ७० दशकको बाइक सीएल बाइकबाट प्रेरित बाइक हो । नयाँ बाइकमा ट्युबलर स्टिल ट्रेलिस स्टाइलको मेन फ्रेमको प्रयोग गरिएको छ । यसको फ्रन्टमा ४१ एमएम टेलिस्कोपिक फोर्क्स र रियरमा एड्जस्टेबल रियर शक समावेश गरिएको छ ।
बाइकको फ्रन्टमा १९ इन्चको टायर र रियरमा १७ इन्चको टायर प्रयोग गरिएको छ । सिटको उचाई ७९० एमएम छ । बाइकको फ्युल ट्यांकी १२ लिटरको छ ।
सो बाइकमा एलईडी लाइट पनि समावेश गरिएको छ । यसको इन्ट्रयुमेन्ट क्लस्टर नेगेटिभ एलईडीको छ र इमरजेन्सी स्टप सिग्नल प्रविधिको साथमा पेश गरिएको छ । सो फिचर केही कारमा पनि देख्न सकिन्छ ।
होन्डाको सो नयाँ स्क्रयाम्बलर बाइकमा ४७१ सीसीको प्यारलल ट्विन सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले ४६ पीएसको पावर र ४३.४ एनएमको टर्क जेनेरेट गर्छ ।
बाइकमा एक्सेलेरेशन बढाउनको लागि लास्ट ड्राइभलाई छोटो पारिएको छ । ६ स्पिड गियरबक्स पनि असिस्ट/स्लिपर क्लचको साथमा उपलब्ध छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस