काठमाडौं : : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दुई लाख ४६ हजार ९ सय कर्मचारी खटाइने भएको छ । निर्वाचन आयोगले निर्वाचनमा देशभरि दुई लाख ४६ हजार ९ सय कर्मचारी खटाउन लागेको हो । यो संख्या सुरक्षा निकायबाहेकको रहेको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए ।उनले आयोगको जनशक्ति व्यवस्थापन निर्देशिकाले व्यवस्था गरेबमोजिम देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी नियुक्ति गरिसकेको र अहिले तालिमहरू सञ्चालन भइरहेको बताए । केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, ७७ वटा निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय र मतगणना कार्यका लागि कर्मचारी खटिनेछन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस