चितवन : निर्वाचन नजिकिँदै गर्दा दलहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । चितवनमा गठबन्धन र नेकपा एमालेका शिर्ष नेताहरु चितवन आउने भएका छन् ।गठबन्ध र एमालले चितवनमा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न शिर्ष नेता यहाँ आउने भएका हुन् । गठबन्धनले कात्तिक २६ गते चुनावी सभा गर्न लागेका छन् ।गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपाललगायतका नेता चितवन आउने भएका छन् ।एमालेले कात्तिक २८ गते चुनावी सभाको आयोजना गर्दै छ । चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शिर्ष नेता आउने एमाले चितवनले जानकारी दिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस