चितवन, देशमा चुनाब नजिकिदै गय पनि चितवन क्षेत्र नं ३ मा भने पहिले को चुनाबको जस्तो माहोल भने बन्न सकेको छैन । चितवनमा रहेका तिन वटा क्षेत्र मध्ये चितवन क्षेत्र नं ३ मा भने अन्य क्षेत्र को जस्तो चुनाबी रौनक लागेको जस्तो देखियको भने छैन ।
चितवन क्षेत्र नं ३ मा पहिलेको चुनाबमा प्रचण्ड को उम्मेदबारी रहेको कारण ले यो चितवन क्षेत्र को रौनक नै छुट्टै थियो । अहिले प्रचण्ड ले यो चितवन क्षेत्र नं ३ छोडे सगै चुनाबी माहोल नै सेलायको छ ।
तर चितवन क्षेत्र नं ३ का उम्मेदबार भने यो कुरा मान्न तयार छैनन् । नेकपा माओवादीका तर्फबाट चितवन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका डा भोजराज अधिकारीले किसानको धान थन्काउने समय भएकाले निर्वाचनमा माहोल बन्न कठिन भएको बताए बतायका छन् । निर्वाचनका लागि पार्टीको वडा तहबाट समेत कार्यक्रम सञ्चालनमा ल्याइएको उनको भनाइ थियो । चितवन क्षेत्र नं ३ लोकतान्त्रिक वाम–गठबन्धनको राम्रो क्षेत्र भएकाले जित सुनिश्चित भए पनि अझै मेहनत आवश्यक रहेको उनले बताए । डा अधिकारीले भने, ‘राजनीतिक पाटीभित्र अनुशासन र जनताको विश्वासले निर्वाचित परिणाम आउनेछ ।’
गठबन्धनबाट प्रदेश ३ (क) का उम्मेदवार बनेका प्रा.डा सूर्यकान्त घिमिरेले दलभित्रको अनुशासन नै मुख्य करिडोरका रुपमा रहेको बताए । निर्वाचनमा मतदाता कता जान्छन् भन्ने कुरा सञ्चारमाध्यमका हातमा रहेकाले लोकतान्त्रिक वाम-गठबन्धनका पक्षमा सहयोग गर्न उनले आग्रह गरे।
क्षेत्र नं ३ (ख) का उम्मेदवार ठाकुर ढकालले देश रूपान्तरणका लागि वाम-गठबन्धन आवश्यक रहेको बताए । जनताको हित र संविधान, लोकतन्त्रको रक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा जिल्ला नेताहरूले आम नेता कार्यकर्तामा पार्टीको अनुशासनभित्र रहन अपिलसमेत गरेका छन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले विषम परिस्थितिमा गठबन्धन बनेकाले यसलाई जोगाउनु कांग्रेस नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताए । व्यक्तिगत स्वार्थभन्दा पनि लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको गठबन्धन भएकाले गठबन्धनको मर्मभन्दा बाहिर गएर काम गर्न नसकिने उनको भनाइ छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस