एनआईसी एशिया बैंकको बझाङ चैनपुर शाखामा कार्यरत एक कर्मचारी मृत भेटिएका छन् ।
जयपृथ्वी नगरपालिका ११ का रोहित थापा बुधबार केदारस्युँ गाउँपालिकाको चौडाम नजिकै रहेको सेती नदीमा मृत अवस्थामा फेला परेका हुन् ।
थापा मृत अवस्थामा फेला परेपछि उनका आफन्तले बैंकमा तोडफोड गरेका छन ।
मृतकका आफन्तले बिहिबार साँझ ६ बजे सदरमुकाम चैनपुरमा रहेको एनआईसीको शाखा कार्यालय तोडफोड गरेका हुन् ।
आफ्नो कार्यालयमा कार्यरत कर्मचारी बेपत्ता भएको हप्ता दिन बितिसक्दा पनि घरपरिवारलाई जानकारी नदिएको र खोजतलासी नगरेको भन्दै बैंकमा ढुंगामुडा गर्न बाध्य भएको मृतकका आफन्तले बताए ।
मृतक थापा भदौ ३ गते साँझ ६ बजेपछी कार्यालयबाट बिदा भएपछी भोली पल्ट कार्यालयको सम्पर्कमा आएका थिएनन् ।
थापा करिब ३ बर्ष देखि एनआईसी एशिया बैंकमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको आफन्तले जानकारी दिएका छन् ।
मृतक थापाका आफन्तले कार्यालयमा तोडफोड गरेपछि नेपाल प्रहरी र शसस्त्र प्रहरीले बैंकमा सुरक्षा दिइएको छ ।
मृतक थापाका आफन्तले शब बुझ्न मानेका छैनन् ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए ।
साथै बैंकलाई सुरक्षाको घेरामा राखेर सेवा सञ्चालन गरिने डिएसपी भण्डारीले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस