काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आज बस्ने भएको छ ।
बिहान १० बजे बालुवाटारमा बस्ने बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ । चुनाव आगामी मंसिर ४ गते तय भएको छ ।
कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो ।
कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत मोडल प्रस्ताव गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस