काठमाडौं। संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंसिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन् ।
आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ ।
यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैबाट जाँचबुझ सुरु गर्नेछ ।
राजनीतिक दलले पेश गरेका कागजपत्र सही छन् कि छैनन ? भन्ने बारेमा आजबाट नै जाँच बुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस