चितवन, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको समन्वय तथा बागमती प्रदेशका यातायातमन्त्री घनश्याम दाहालको विशेष उपस्थितिमा सोमबार बसेको बैठकले साना–ठूला सबै सवारीसाधनमा चितवन जिल्लाभित्र सञ्चालनमा रहेका सार्वजनिक सवारीसाधनमा अनिवार्य रुपमा डस्टबिन राख्नुपर्ने निर्णय गरेको छ ।
बैठकमा साना–ठूला यातायातका व्यावसायिक संगठनका प्रतिनिधिहरु, जिल्ला ट्राफिक कार्यालय प्रमुख, महानगर यातायात शाखा प्रतिनिधि एवं योगदान राष्ट्रका लागि संस्थाको केन्द्र, जिल्ला र नगर प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सात दिनभित्र लागू हुने गरी साना–ठूला सवारीसाधनमा फोहोरदानी (डस्टबिन) राख्ने सहमति भएको केन्द्रीय सल्लाहकार गिरीले बताइन् ।
यातायात प्रयोग गर्ने यात्रुहरुले फोहोर निर्दिष्ट ठाउँमा राख्ने तथा चालक तथा सहचालकहरुले पनि फोहोर डस्टबिनमा नै राख्न सबै यात्रुहरुलाई अनुरोध गर्ने गरी योजना तय भएको उनले बताइन् ।
यस कार्यको परिपालना भए/नभएको अनुगमनका लागि जिल्ला ट्राफिक प्रमुख धर्मबहादुर अधिकारीको संयोजकत्वमा, योगदान राष्ट्रका लागिका जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी तथा यातायात व्यवसायी संगठन प्रतिनिधि बद्रि पौडेल सदस्य रहने गरी समिति गठन गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस