काठमाडौं, ३१ साउन । नेपाल राष्ट्र बैंकअन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागले क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही गरिने बताएको छ ।
बैंकले आज सूचना निकालेर क्रिप्टोकरेन्सीको कारोबार गर्ने, सदस्यता लिने, लगानी गर्ने, स्थानान्तरण गर्ने, बिप्रेषण र विनिमयसम्बन्धी कार्य गर्ने गरेको पाइएमा कानूनअनुसार काबारही हुने उल्लेख गरेको छ ।
राष्ट्र बैंकले यसअघि २०७४ साउन १९, २०७८ भदौ २४ र २०७८ माघ ९ मा पनि सार्वजनिक सूचना निकालेर नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्न नपाइने बताएको थियो ।
राष्ट्र बैंकका अनुसार नेपालमा क्रिप्टोकरेन्सी कारोबार/व्यवसाय गैरकानूनी छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस