आज २०७९ साल साउन ३१ गते मंगलबार । सन् २०२२ को अगस्ट १६ तारिख । आजको दिन इतिहासमा भएका केही घटनाक्रम यस्ता छन् ।
सन् २०१२ अगस्ट १६ मा मारिकानास्थित खानीका मजदुरहरुले गरेको विरोधमाथि दक्षिण अफ्रिकी पुलिस सेवाले गोली प्रहार गरेको थियो । सो प्रदर्शनमा ३४ मजदुरको मृत्यु हुनुको साथै ७८ जना घाइते भएका थिए। घटनापश्चात् २५० मजदुरलाई पक्राउ गरिएको थियो ।
सन् १९९५ अगस्ट १६ मा ‘हार्मोनिक कन्भर्जेन्स’ को पहिलो दिन थियो । विश्वको नै सबैभन्दा विशाल ध्यान महोत्सव २ दिनसम्म चलेको थियो । लेखक जोस अर्गुएलले आयोजना गरेको सो महोत्सवको दिनमा पृथ्वीबाट हेर्दा चन्द्रमा र सूर्य एकै लाइनमा अवस्थित थिए । सो दिन परिक्रमाका क्रममा पृथ्वी, सूर्य र चन्द्रमाले त्रीकोण आकार बनाएका थिए ।
सन् १९८८ अगस्ट १६ मा आईबीएमले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) स्फट्वेयर ल्यायो ।
सन् १९८६ अगस्ट १६ मा सुडानी विरोधीहरूले गोली हानी सुडानी एयरवेज विमान दुर्घटनामा पर्दा ५७ जना मानिसको मृत्यु भएको थियो ।
सन् १९६५ अगस्ट १६ मा लस एन्जेल्सको साउथ–सेन्ट्रलमा भएको ६ दिन लामो ‘द वाट्स’ दंगा सकिएको थियो ।
सन् १९६० अगस्ट १६ मा संयुक्त अधिराज्य, ग्रीस र टर्कीबीच भएको ज्युरिक र लन्डन सम्झौतापश्चात् साइप्रस स्वतन्त्र भएको थियो । २०औँ शताब्दीको सुरुवाती दिनमा बेलायतले साइप्रसलाई अतिक्रमण गरेको थियो । सन् १९२५ मा साइप्रस औपचारिक रुपमा बेलायत सामराज्यमा जोडिएको थियो ।
सन् १९५८ अगस्ट १६ मा पहिलो ‘ट्रान्सएट्लान्टिक टेलिग्राफ म्यासेज’ पठाइएको थियो । संयुक्त अधिराज्यकी रानी भिक्टोरियाले अमेरिकी राष्ट्रपति जेम्स् बुच्चानान्नलाई म्यासेज पठाएका थिए । ‘यूरोप र अमेरिका टेलिग्राफिक सञ्चारका कारण यूरोप र अमेरिका जोडिएका छन् । विश्वमा शान्ति, जनसमुदायप्रति सद्भावना, भगवान्को महिमा बनिरहोस्’ सो म्यासेजमा लेखिएको थियो । दुई महादेशको बीचमा भएको सो सञ्चार केवल केही महिनाको लागि सफल भयो । प्राविधिक समस्याका कारण सो सञ्चारलाई सन् १८५८, अक्टोबरमा बन्द गरिएको थियो ।
सन् १९५४ अगस्ट १६ मा ‘स्पोर्ट्स इलुस्ट्रेटेड’ म्यागेजिनको पहिलो अंक प्रकाशन भएको थियो । वार्षिक पौडी पहिरन प्रदान गर्नको लागि प्रसिद्ध भएको सो म्यागेजिनले सुरुवाती केही वर्ष भने घाटा व्यहोरेको थियो । खेलकुदमा दर्शक बढेसँगै सो म्यागेजिन बजारमा स्थापित हुन सफल भयो ।
सन् १८९८ अगस्ट १६ मा अमेरिकाका एडविन प्रस्केटलाई ‘लुप–द–लुप रोलर कोस्टर’ को पेटेन्ट प्रदान गरिएको थियो । न्यूयोर्कको कोनी टापुमा पहिलो रोलर कोस्टर जडान गरिएको थियो । सो कोस्टरले एक समयमा ४ मानिस बोक्न सक्थ्यो ।
सन् १८१२ अगस्ट १६ मा कुनै प्रतिरोधबिना अमेरिकी जनरल विलियम हलले जनरल आइज्याक ब्रोकको नेतृत्वमा भएको सानो बेलायती सेनालाई डेट्रोइट आत्मसमर्पण गरेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस