-विनोद अधिकारी
देवघाट , ३० साउन । सामाजिक संस्था ब्लड डोनर्स सोसाइटी नेपालले अन्तिम सोमवार भक्तजनहरुलाई निशुल्क रुपमा पानी बितरण गरेको छ । सस्थाका केन्द्रिय सदस्य यबम् सह कोशाध्यक्ष सन्तोष शाहको सम्योजनमा देवघाटमा पानी बितरण भएको हो ।
हरेक महिना आफ्नो कमाईको दुई प्रतिशत सामाजिक क्षेत्रमा छुट्याउने मनसायले शाहले केही महिना यता सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । सस्थाका अध्यक्ष अर्जुन अधिकारी ,महासचिव अन्जन दवाडी , समाज फार्मेसीका अमृत दवाडी , भरतपुर युवा संजालका संयोजक सन्देश वाग्ले ,सरु भन्डारी , अन्जन तिवारी ,अञ्जली शाह , अमृत सापकोटा लगाएतका स्वयं सेवकहरुले सेवा पुर्याउनु भएको कार्यक्रममा देवघाट प्रहरी बिटको पनि सहयोग रहेको थियो ।
सस्थाले बिगतमा रगत ब्यवस्थापन, शैक्षिक कार्यक्रम ,जनचेतनामूलक कार्यक्रम, आपतकालिन राहत बितरण लगाएतका सामाजिक कार्यहरु गर्दै आएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस