कायरो । इजिप्टको राजधानी कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको चर्च अधिकारीहरूले जनाएका छन् ।
राजधानीको उत्रर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण खुलेको छैन ।
आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरुलाई परिचालन गरिएको राष्ट्रपति अबदेल फताह अल सिसीले आफ्नो फेसबुक पेजमा घोषणा गरेका छन् ।
आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएका छन् । कोप्ट्स मध्यपूर्वमा सबै भन्दा ठूलो ईसाई समुदाय हो । इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस