भरतपुर, चितवन जिल्लामा आज मिति २०७९/४/२४ गते बसेको विभिन्न राजनीति बिचार समुह र स्वतन्त्र नागरिक अभियान ,स्वतन्त्र अभियानहरु बिच मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि सकेसम्म साझा उमेदवार बनाइ जाने बिसयमा व्यापक छलफल गरि आज सहभागी भएका सबै बिचार समूह बिच एउटा निस्क्रश निकाल्दै यो छलफल लाई अझ अगाडि बडाउदै लैजाने गरि सुसासन पार्टीको केन्द्रिय उपाध्यक्ष श्री गोबिन्द प्रसाद रिजाल ज्युको संयोजकत्व र उन्नत लोकतन्त पार्टीको जिल्ला संयोजक श्री कृष्ण प्रसाद अधिकारि, सुसासन पार्टी जिल्ला अध्यक्ष केदार राज पन्त ,बिबेकसिल पुर्ब अध्यक्ष श्री भुपेन्द्र बस्नेत मौलिक जरोकिलो श्री बिनोद घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी श्री सीता ज्ञवलि स्वतन्त्र बाट श्री धर्बेन्द्र सापकोटा र स्वतन्त्र राष्ट्रिय अभियान जिल्ला संयोजक श्री दिपेन्द्र बास्तोला गरि ७ सदस्य समिती निमाण गर्दै साझा उमेदवारको लागि साझा एजेन्डा समेत तयार गरि ३ क्षेत्र का लागी तीन जना प्रतिनिधि सभा को लागि उमेदवार र प्रदेश को लागि ६ गरि जम्मा ९ जना बिच साझा उमेदवार चयन गर्न्नेको लागि छलफल अगाडि बडाउन सम्मको जिम्मेवार दिएको छ।
त्यसैगरी यो छलफल लाई अगाडि बडाउदै केन्द्र सम्मनै पुराउने र मिल्न्ने सम्मको बिचार समुहहरुलाइ पार्टी एकता सम्म लैजाने गरि सबै राजनीतिक दल र स्वतन्त्र लाई अगाडि बढ्नआब्हान गर्न्ने निर्णय समेत गरेको छ।
उक्त कार्यक्रम स्वतन्त्र राष्ट्रिय अभियान को चितवन जिल्ला अध्यक्ष दिपेन्द्र बास्तोलाले समायोजन अभियान संचालन गर्नु भएको थियो। चितवनमा साना पार्टी लाई एक ठाउमा उभ्यायर समायोजन गर्नको लागि स्वतन्त्र राष्ट्रिय अभियान को चितवन जिल्ला अध्यक्ष दिपेन्द्र बास्तोलाले पहल गर्दै आउनु भयको छ ।
धर्बेन्द्र सापकोटा ,सीता ज्ञबाली केदार राज पन्त ,कृष्ण प्रसाद अधिकारी लगायतले आफ्नो पार्टीको महत्त्वपूर्ण बिचार गर्दै एकतामा जोड दिनु भको थियो!
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस