काठमाडौँ। एक सातादेखि थुप्रिएको काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठाउन थालिएको छ।
महानगरले मंगलबार एक सूचना जारी गरी फोहोर संकलन बिहीबारदेखि शुरू हुने जनाएको थियो। प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फोहोर व्यवस्थापन स्थलसम्म जाने सडक मर्मत सकिने भएकाले बिहीबार बिहानैदेखि फोहोर सङ्कलन हुने जनाएका थिए।
‘मिति २०७९र०४र१२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईंहरूको पायक पर्ने स्थानहरूमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म पुर्याई सुरक्षित रूपमा घरभित्र राखिएका फोहोरमैला सङ्कलन गर्ने कार्यमा सहयोग पुर्याइदिन हुन विनम्रताका साथ अनुरोध छ’ पौड्यालद्वारा जारी सूचनामा उल्लेख छ‚
।
फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडासम्म जाने सडक मर्मत गर्न भनी गत बिहीबारदेखि फोहोर व्यवस्थापनको काम रोकिएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस