काठमाडौं । प्रतिनिधिसभाबाट पारित गरिएको नागरिकता विधेयक विराेधमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ ।
मंगलबार साँझ नागरिकता विधेयक बुदाँहरु विवादास्पद ,अनुचित र राष्ट्रहित विपरित भएको भन्दै विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुले राँके जुलुश निकालेका थिए ।
नागरिकता जस्तो संवेदनशिल विषयमा सरकार वेवास्ता गरेको उनीहरुको आरोप छ । नागरिकता विधेयकका कारण मुलुकको स्वाभिमान , स्वतन्त्रता र अस्तीत्व संकटमा परेकाले आफूहरु बाध्य भएको सडकमा उत्रनु परेको संगठनका अध्यक्ष चेतराज सिंहले बताए ।
विवाह गर्नसाथ कुनैपनि विदेशिले तत्काल नागरिकता पाउने नीति संसारमा कहि नभएको उनको भनाइ छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस