काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसी प्रोग्राम (एसपीपी)लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन् ।
सरकारले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरेपनि सो जानकारी सम्बन्धी पत्र अमेरिकालाई नपठाएपछि उनले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका हुन् ।
‘गाह्रो छ ओ ! गठबन्धनलाई पनि । बाह्रबुदे ब्याख्याले टारेका थिए । अब बाह्रसत्ताईस ब्याख्याताको जोहो नगरी धर नपाउने जस्तो छ। एसपीपीको नयाँ रूपको ब्याख्याका लागि । देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने । तर लास्टा उही हो !’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा आज लेखेका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस