भरतपुर, चितवन मेडिकल कलेज (सिएमसी)ले एक सूचना जारी गर्दै २०७३ भदौदेखि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम साउन १ गतेदेखि स्थगन भएको जनाएको छ ।
अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा सेवा २०७३ सालदेखि प्रदान गर्दै आएकोमा सरकारको आर्थिक वर्ष २०७९÷८० बजेट वक्तव्यमार्फत साउन १ गतेदेखि सरकारी तथा सामुदायिक सेवा प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने भनी निर्णय भएकाले स्थगन गर्नुपरेको जनाएका छन् ।
सिएमसीले रेफरल स्वास्थ्य संस्थाका रुपमा उपलब्ध गराउँदै आएको बहिरङ्ग, अन्तरङ्गलगायत आकस्मिक सेवाअन्तर्गत दिँइदै आएको सम्पूर्ण स्वास्थ्य बिमा कार्यक्रम स्थगन गरिएको पनि सूचनामा उल्लेख गरिएको छ । आगामी दिनमा सरकारबाट निर्देशन भएमा निजी स्वास्थ्य प्रदायक सेवाबाट स्वास्थ्य बिमा कार्यक्रम लागू गरिने पनि प्राडा लम्सालले जानकारी दिएका छन् ।
सिएमसीबाट प्रदान हुने अन्य नियमित सेवाहरु इथावत सञ्चालन हुने सूचनामा जनाइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस