बझाङमा नुहाइरहेकी किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।
पक्राउपर्नेमा जिल्लाको बुङ्गल नगरपालिका–४ खिरातडीका ४४ वर्षीय बिर्ख नेगी रहेका छन् ।
यही २१ गते साँझ रोपाइँ सकेर घर नजिकै धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरि बलात्कारको प्रयास गर्न खोज्ने नेगीलाई २३ गते पक्राउ गरिएको हो ।
किशोरीलाईसमातेर नेगीले धाराभन्दा केही तल लगेर बलात्कारको प्रयास गर्दा किशोरीले चिच्याउँदा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी नेगीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस