काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।
केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो १ बजे बैठक बोलाएका हुन् ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकले केन्द्रीय समितिको एजेन्डा तय गर्ने एक नेताले बताएका छन् । कांग्रेसले स्थानीय तहको चुनावको समीक्षा गर्न भोलि दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक राखेको छ ।
बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने एजेन्डासमेत रहेको छ । स्थानीय निर्वाचनपछि पहिलो पटक काँग्रेस केन्द्रीय समिति बैठक भोलि बस्दै छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस