गैंडाकोट, गैंडाकोट नगरपालिका की उपमेयर शान्ति कोइरालाले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेपछि ११ औं नगरसभामा सहभागि नगर सदस्यहरुले मिश्रित प्रतिक्रिय दिएका छन ।
बजेटमाथि टिप्पणी गर्दै नगर सदस्य चन्द्रबहादुर विश्वकर्माले बजेटमा दलितहरुको भावना नसमेटिएको बताउनुभयो । उहाँले अन्तरातिय विवहाका निम्ति बजेटमा ब्यवस्था नभएको, हुनेखानेका छोराछोरी बिदेशमा गएर पनि कमाउने गरेको तर दलित र हुँदा खानका बेरोजगार युवाहरुका निम्ति तालिम तथा रोजगारी सृजना गर्ने बजेटमा व्यवस्था नभएको बताउँदै चुनावका वेला भोट माग्न मात्रै हो की सुकुम्बासीको समस्यालाई समाधान गर्छु भनेको, यो समस्यालाई बजेटमा कसरी सम्बोधन गरिँदैछ भनी प्रश्न गर्नुभयो ।
नगर सदस्य ऋषिराम गौतमले आफुहरुले सुझाव दिए अनुसारको भौतिक निर्माण तर्फ बजेट वाँडफाँड नभएको गुनासो गर्नुभयो ।उहाँले वोल्डिहा खोला तटबन्धनका लागि टुक्रे बजेट बिनियोजन भए पनि त्यसको स्वागत गर्दै स्थायि समाधान खोजिनुपर्ने माग गर्नुभयो ।उहाँले कैलाश आश्रमका निम्ति आवश्यकता अनुसारको बजेट बिनियोजन नभएको बताउँदै मनमोहन स्मृति खेल मैदानमा आवश्यकता अनुसारको योजना ल्याउनुपर्ने औल्याउनुभयो ।
नगर सदस्य द्रोण वन सन्यासीले नगरमा मकै पकेट क्षेत्र घोषणा गरिएको तर लोकप्रिय बन्दै गएको कोदोको पनि पकेट क्षेत्र घोषणा गरि नगरको वडा नं. ३, १८ र १४ को च्यूरी भावरलाई कोदो पकेट क्षेत्र घोषणा गरि ति वडाहरुमा त्यस अनुररुपको कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले कोदोबाट बन्ने घरेलु मदिरालाई प्रोत्साहन गर्न र त्यसलाई ब्राण्डिङ गर्नसके नगरका ३, १८ र १४ का नागरिकहरुको आर्थिक अवस्थामा सुधारहुने सुझाव दिनुभयो । उहाँले नगरपालिकामा व्यवसायिक भवनको आवश्यकता रहेको बताउनुभयो ।
नगर सदस्य चन्द्रमाया सिंजालीले अमरापुरी चोकदेखि भावर जाने बाटो त्यहाँको माटो बोक्ने टिप्परका कारण हिलाम्मे र हिँडि नसक्नु भए पनि बजेटले त्यसलाई सम्बोधन नगरेको भन्दै रोश प्रकट गर्नुभयो । टाउन खोला र च्यूरी खोलाको बाढी नियन्त्रण गर्ने सम्बन्धमा बजेटमा उल्लेख नभएकोमा उहाँले आपत्ती व्यक्त गर्नुभयो । त्यसैगरि शंखदेखि प्रा वीमा निजी क्षेत्रबाट धेरै शिक्षक नियुक्ती गर्नुपर्ने भएकोले शिक्षाको गुणस्तर आशातित नभएको भन्दै उहाँले आवश्यकता अनुरूप शिक्षकको दर्बन्दि थप्न माग गर्नुभयो ।
नगर सदस्य निर्मला सुनारले अझैपनि बजेटमा दलितहरुलाई चित्त बुझ्नेगरि सम्बोधन नभएको बताउनुभयो । दलितहरुको उत्थानका निम्ति जम्मा ५ लाख छुट्याइएकोमा प्रत्येक वडालाई १ – १ लाखका दरले व्यवस्था गरिनुपर्ने उहाँको माग थियो । उहाँले वडा नं. १४ मा मोवाइल नेटवर्कको समस्या भएकाले त्यसको याथाशिघ्र व्यवस्था मिलाउन ध्यानाकर्षण गराउनुभयो । फोहर व्यवस्थापन नभएको प्रति पनि उहाँको गुनासो थियो ।
यसैगरि नगर सदस्य चुम बहादुर सुनारीले बजेट छुट्याउँदा वडा नं. ३ र १८ लाई विशेष महत्व दिएर छुट्याउनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यहाँका वाटोहरुमा नागरिकहरु बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्य हुने हुँदा यि दुईवटा वडालाई नगरपालिका भन्ने कि गाउँ पालिका भन्ने ? भनी प्रश्न गर्नुभयो । भौगोलिक विकटताका कारण यहाँका जनताले सम्बृद्धि देख्न नपाएको बताउँदै नगर सदस्य सुनारीले आगामी दिनमा बजेट बनाउँदा यि दुई वडाहरु प्रति कन्जुस्याई नगर्न आग्रह गर्नुभयो ।
नगर सदस्य शुशिला परियारले रोडका छेउछाउमा गाइका बाच्छाहरु यसै छोड्ने गरिएकाले बाच्छाहरु दुर्घटनाबाट मर्ने गरेको प्रति नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै कुकुर र विरालो जस्ता घरपालुवा जनावरहरु राजमार्गमा मर्ने र त्यसलाई समयमै व्यवस्थापन नगरिँदा दुर्गन्धित भएर रोग व्याधि आउने सम्भावना प्रति पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । पैसा मात्रै ठूलो कुरो होइन, बाढी पहिराका कारण मान्छेको घर खेत र ज्यानै पनि जाने जोखिम छ, त्यसकारण नारायणी नदिको नदिजन्य पदार्थ उत्खननको टेण्डर बन्द गरियोस, नगर सदस्य परियारको माग थियो ।
नगर सदस्य सकिला परियारले दलित र पिछडिएका वर्गहरुको नदि किनारमा बसोवास भएकाले जोखिम धेरै भएको भन्दै त्यसलाई सुरक्षित बनाउन आग्रह गर्नुभयो । उहाँले आवश्यकता अनुसारका ठाउँमा सार्वजनिक सौचालयको माग गर्दै नगरमा दमकलको आवश्यकता भएको बताउनुभयो । महिलाहरु घरेलु हिंसाका सिकार भैरहेको प्रति ध्यानाकर्षण गराउँदै उनिहरुको सुरक्षाको प्रत्याभूति नगरपालिकाले गर्नुपर्ने माग गर्नुभयो ।
नगर सदस्य डिल्लिराम सापकोटाले झराही खोलाबाट स्थानिय कृषकको खेतीहरुमा बँदेल पसेर क्षति पुऱ्याएकोमा त्यसको क्षतिपूर्तीको व्यवस्था बजेटमा नभएको गुनासो गर्नुभयो । साथै त्यहाँ तटबन्धन गरि यो समस्या समाधान गर्न उहाँले आग्रह गर्नुभयो । वडा नं. १७ मा विद्युत आपुर्तीमा समस्या भएकाले वोरिङ्गबाट पानी तान्न समस्या भएको बताउँदै थप ३ वटा बोरिङका लागि बजेटमा व्यवस्था हुनुपर्ने औल्याउनु भयो । साथै यहाँ डुबानको पनि समस्या भएकोले निकासका निम्ति बजेटमा उल्लेख हुनुपर्ने सापकोटाको माग थियो ।
नगर सदस्य गुरु प्रसाद पौडेलले वडा नं. ११ को गणेश मन्दिरदेखि १२ को वडा कार्यालय सम्मको वाटो ठाउँ ठाउँमा भत्किएकोमा त्यसको निर्माणका लागि बजेटमा उल्लेख नभएको बताउनुभयो । वडाको उत्तरी क्षेत्रमा बर्षेनी डुबान हुनाले खेतीपातीदेखि पशु चौपायको हानी भएको सन्दर्भमा बजेट मौन भएकोले यो बजेट उपयुक्त नभएको बताउनुभयो । नारायणी बदि किनारको जमिनमा खेतीपाती राम्रो भएपनि नारायणी नदि तरेर आउने जनावरहरुले बिनास गर्ने हुँदा कृषकहरुले लाभ लिन नसकेको उहाँको भनाई थियो ।
नगर सदस्य दिनेश देवकोटाले अमरापुरीमा एउटा पनि खेल मैदान नभएकाले खेल मैदान बनाउनुपर्ने माग गर्नुभयो । बजेटमा खेल मैदानको व्यवस्था नभएको उहाँको टिप्पणी थियो । घर वहाल कर भाडामा बस्नेले दिने हो की घर साहुले त्यो स्पष्ट हुनुपर्ने उहाँको माग थियो । उहाँले अमरापुरी स्वास्थ्य चौकीमा डाक्टरको व्यवस्था मिलाउन माग गर्नुभयो । नारायणी बदिको छेउमा क्रियापुत्रीका निम्ति भवनको बजेटमा व्यवस्था नभएको औल्याउँदै अविनास ह्याचरीका कारण यहाँको वातावरण दुर्गन्धित हुँदै गएकाले त्यसको व्यवस्थापन गर्न नगर सदस्य देवकोटाले माग गर्नुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस