काठमाडौं, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भोलि बेलुकासम्म नयाँ मन्त्री आउने दाबी गरेका छन्। पार्टी कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेका मन्त्रीहरु भोलिदेखि घर जाने बताए।
‘फिर्ता हुने नहुने कुरा भोलिसम्म थाहा हुन्छ। अहिलेका साथीहरु घर जान्छन्। नयाँ टोली आउँछन्,’ सञ्चारकर्मीको प्रश्नमा उनले भने।
मन्त्री फेर्ने कुराले पार्टीभित्रको विवाद बाहिरिएको छ। आजमात्रै बहालवाला मन्त्रीसहित १० जना सांसदले ८ बुँदे ज्ञापनपत्र अध्यक्ष माधव कुमार नेपालालई बुझाएका थिए। उनीहरुले मन्त्री फेर्ने कुरामा असन्तुष्टि जनाएका थिए।
यस विषयमा नेता पाण्डेले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताए। ‘मन्त्री बनाउने बेला पत्र लेख्ने मान्छे मै हुँ। त्यतिबेला नै ६ महिनाका लागि मन्त्री बन्ने र छ महिनापछि अर्को आउने कुरा सहमति भएको हो। साथीहरुले हामीलाई थाहै थिएन भन्ने कुरा गर्नु भएन,’ उनले भने।
उनले बजेटमाथि छलफल चलिरहँदा पार्टीले मन्त्री फेर्ने निर्णय गर्दा अपरिपक्व भएको स्वीकार्दै उनले अब त्यस्तो अवस्था नरहेको बताए। ‘त्यतिबेला बजेट थियो। हामीले निर्णयलाई थाँती पनि राख्यौं। तर अहिले त छलफल भएर पनि उत्तर दिइसकेको अवस्था छ,’ उनले भने।
उनले जति विरोध गरे पनि पार्टी छोड्ने ताकत उनीहरुसँग नभएको बताए। ‘उहाँहरुले पार्टी छोड्नु हुन्न। पार्टी छोड्ने ताकत उहाँहरुसँग छैन,’ उनले भने।
पोलिटव्युरो बैठकमा पर्यटनमन्त्रीसमेत रहेका प्रेम आलेले भोलिसम्म राजीनामा दिने वाचा गरेको सहभागी नेताले बताए। ‘उहाँ (प्रमे आले)ले पार्टीको निर्णय कार्यान्वयन १२ घन्टाभित्र गराउने भन्नुभएको छ। त्यसको लागि पहल पनि आफैँले गर्ने भन्नुभएको छ,’ ती नेताले अन्नपूर्णसँग भने।@ अन्नपूर्ण
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस