प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री मस्त निदाएका छन् ।
प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल छल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाएका छन् ।
प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नपाएको विषयमा बोल्दै गर्दा मन्त्री यादव निदाएका हुन् । खातुन रोष्टममा गएर किसानले मल नपाउनुको कारण मन्त्री यादवले दिने बताउँदै थिइन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथिको छलफल रोकेर किसानले मल नपाउनुको विषयमा छलफल प्रस्ताव गरेको थियो ।
सोही विषयमा छलफल हुँदै गर्दा र सत्तापक्ष तथा प्रतिपक्ष सांसदले मन्त्री यादवमाथि किसानले मल नपाउनुको कारण बुझ्दै गर्दा उनी निदाएका हुन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस