भरतपुर । भरतपुर-३ मा नेकपा एमालेका उमदेवार विकास थापा विजयी भएका छन्। वडा नं ३ को ३२४४ मत गणना गर्दा एमालेका उमदेवार विकास थापाले १६६६ ल्याएर फराकिलो अन्तरले जीत हातपारेका छन् भने उनका प्रतिद्वन्दी काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका भरत लामिछानेले १०४९ मत प्राप्त गरेका थिए। गत स्थानीय निर्वाचनमा उक्त वडामा नेपाली काँग्रस बाट विजयी भएका थिए।
कांग्रेसको वडा नम्बर ३ मा यसपटक वडाध्यक्ष उम्मेदवार बनाउने बेलामा विवाद भएको थियो। त्यसको प्रतिबिम्ब गणनामा देखिएको छ। वडा नम्बर ३ को अध्यक्षका लागि कांग्रेसबाट तारामित्र पण्डितको नाम मात्र सिफारिस भएको थियो। तर क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले आफैंलाई उम्मेदवार बनाउने निर्णय गरेका थिए।
त्यो निर्णयलाई लिएर कांग्रेसको वडाभित्रै फाटो देखिएको थियो। तारामित्र पण्डितले स्वतन्त्र उम्मेदवारी दिएपछि वडामै विवाद समेत भएको थियो। तर उनले मतगणना अघि उम्मेदवारी फिर्ता लिएका थिए। यद्यपि विवादको असर वडामा देखापरेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस