चितवन भरतपुर महानगरपालिका वडा नं ३ को वडाध्यक्षका उमेदवार तारामित्र पण्डितले आफ्नो उमेदवारी निस्क्रिय पार्दै गठबन्धनबाट वडाध्यक्षका साझा उमेदवार भरत लामिछानेलाई समर्थन गरेका छन् ।
भरतपुर ३ मा टिकटको विषयमा व्यापक विवाद भएपछि पण्डित र लामिछाने दुवैले वडाध्यक्षमा उमेदवारी दर्ता गरेका थिए । तारामित्र पण्डितले पार्टीले टिकट नदिय पछि उनले उनले स्वतन्त्र उमेदवारको रुपमा निर्बाचन आयोग मा दर्ता गरायका थीय र चुनाब चिह्न गुलाबको फूल पाएका थिए ।
पण्डितलाई मनाउन गरिएको छलफल कार्यक्रममा श्रेष्ठसँगै वडाध्यक्षका उमेदवार कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति लामिछानेलगायतका नेता सहभागी भएका थिए ।
नेपाली कांग्रेस चितवन का निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठको पहलमा तारामित्र पण्डितले आफ्नो उमेदवारी निस्क्रिय बनाई लामिछानेलाई समर्थन जनाएका छन् ।
पण्डितले आफ्नो उमेदवारी निस्क्रिय बनाई लामिछानेलाई समर्थन गरेसगै अब भरतपुर महानगरपालिका वडा नं ३ को गठबन्धनबाट वडाध्यक्षका साझा उमेदवार भरत लामिछाने रहने छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस