टोकियो, जापानले कोरोना भाइरसको महामारीका कारण सीमामा गरेको कडाई थप खुकुलो बनाउन खोजिरहेको छ । कोभिडको संक्रमणको छैठौं लहरबाट बाहिरिन जापान तयार रहेको अवस्थामा सीमामा प्रतिबन्ध थप खुकुलो बनाउनेबारे सरकारले विचार गरिरहेको प्रधानमन्त्री फुमिओ किशिदाले बिहिबार भनेका छन् ।
‘घरेलु अनि सीमापार संक्रमणको अवस्थाबारे विचार गर्नुको साथै जापान फर्कनेहरुको माग हेरेर अन्तरराष्ट्रिय यात्रालाई क्रमशः बढाउने आशा हामीले गरेका छौं,’ किशिदाले भनेका छन् । सरकारले मार्चदेखि सीमामा नियन्त्रण खुकुलो बनाउने निर्णय गरिसकेको छ । यस अन्तर्गत दैनिक सीमा हालको ३ हजार ५०० बाट बढाएर ५००० मा पुर्याइने, क्वारन्टिन अवधि कम गरिनेलगायत घोषणा भएका छन् ।
बिहिबार जापानभर ६१ ह्जार २६० संक्रमित थपिएका छन् । टोकियोमा पनि एक हप्ता अघिको तुलनामा बिहिबार संक्रमण ७ हजार ६०० ले घटेर १० हजार १६९ मा आएको थियो । देशभरमा कोभिडका गम्भीर बिरामी अघिल्लो दिनको तुलनामा १५ ले घटेर १ हजार ४७४ मा आएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस