महानगरीय अपराध महाशाखाको ललितपुर शाखामा कार्यरत इन्स्पेक्टर सानुकान्छा रम्तेलले चोरीको मुद्दा मिलापत्र गराएको आरोपमा छानविनमा तानिएका छन् ।
उनलाई ललितपुर शाखाको जिम्मेवारीबाट हटाएर बानेश्वरस्थित महाशाखामा सरुवा गरेर छानबिन थालिएको महाशाखाका एसएसपी बसन्त कुँवरले बताए ।
ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलमा केही दिनअघि चोरी भएको थियो । चोरीमा संलग्न आरोपीलाई पक्रेर रम्तेलले मुद्दा प्रक्रियाअघि बढाएर महानगरीय प्रहरी परिसर ललितपुरलाई जिम्मा लगाउनुको साटो उनले घटना मिलापत्र गराएको थाहा भएको छ ।
चोरीमा संलग्न आरोपीलाई सुन बापतको रकम तिराएर उनले मिलापत्र गराएको सुचना पाएपछि महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले छानविन गर्न निर्देशन दिएका थिए ।
महाशाखाका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा समिति बनाएर उनीमाथि छानविन भइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस