बझाङमा शक्तिको आडमा प्रहरी हवल्दारले एकजना बृद्धलाई कुटेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी हवल्दार हर्जित लुहारले मष्टा गाउँपालिका – ४ का ७० बर्षका जोगिरीबहादुर कठायतलाई निर्घात कुटपिट गरेका हुन् ।
कठायतलाई प्रहरी हवल्दार लुहारले बझाङ जिल्लाको सदरमुकाम चैनपुर बजारमा कुटपिट गरेका हुन् ।
स्थानीयका अनुसार प्रहरी हवल्दार रक्सीले मातेका थिए ।
कुटपिटपछि बेहोस भएका कठायतलाई जिल्ला अस्पताल, सिमखेतमा भर्ना गरिएको छ ।
उक्त घटनापछि प्रहरी हबल्दार लुहारलाई नियन्त्रणमा लिइएको बझाङका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । उनका अनुसार घटनाको छानबिन भइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस