कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिदका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी जुटेको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको अवसरमा सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी मन्त्रालयको थियो । तर प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि सम्झौता पत्रमा कसरी हस्ताक्षर गर्ने विषयमा छलफल भइरहेको कृषि मन्त्रालयले जनाएकाे छ ।
सम्झौता पत्रमा हस्ताक्षरका लागि मन्त्रीपरिषद्ले पनि अनुमति दिइसकेको छ ।
पाँच वर्षसम्म भारतबाट रासायनिक मल खरिद गर्ने सहमति भए अनुसार दुई पक्षको बीचमा सम्झौता पत्रमा हस्ताक्षर हुने तयारी पुरा थियो तर अचानक भ्रमण स्थगित भएपछि अब के गर्ने विषयमा कृषि मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावासको बीचमा समन्वय भइरहेको छ ।
मन्त्रालयले भारतबाट पहिलो वर्ष डेढ लाख मेट्रिक टन मल खरिद गर्ने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने सहमति भएको मन्त्रालयले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस