चितवन, नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट ५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
खुल्ला तर्फबाट बिजयी दिनेश कोइराला
आदिवासी जनजाति तर्फबाट टेकप्रसाद गुरुङ
आदिवासी जनजाती महिला तर्फबाट अन्जनी श्रेष्ठ
आदिवासी जनजाति तर्फबाट उमेश श्रेष्ठ
दलित महिला तर्फबाट शान्ति परियार
चौधौँ महाधिवेशनबाट कांग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठ, तत्कालिन संविधानसभा सदस्य अञ्जनी श्रेष्ठ, नेता दिनेश कोइराला र शान्ति परियार विक निर्वाचित भएका छन् । महाधिवेशनमा जिल्लाबाट १३ जनाले केन्द्रमा उम्मेदवारी दिएका थिए ।
कांग्रेसको राजनीतिमा ५ पटकसम्म चितवनको सभापति भएर काम गर्नुभएका गुरुङ आदिवासी जनजाति कोटाबाट केन्द्रीय नेतृत्वमा पुग्न सफल भएका नेता टेकप्रसाद गुरुङ लाई अर्का नेता टेकबहादुर गुरुङ को नाम सग मिल्न जादा यसपालीको केन्द्रिय सदस्य पदमा ५औँ स्थानमा धेरै मत ल्याएर निर्वाचित भएका छन्। टेकप्रसाद गुरुङसँग नाम जुधेका कारण टेकबहादुर गुरुङको झण्डै ३ सय मत काटिएको छ ।
आदिवासी जनजातीतर्फ उम्मेदवार बनेका दुई जना नेताहरू टेकबहादुर गुरुङ र टेकप्रसाद गुरुङको नाम मिल्दा महाधिवेशन प्रतिनिधिहरू झुक्किदा टेकप्रसाद गुरुङ लाई यसपालीको केद्रीय सदस्य को पद चिट्टा पर्न गयको हो ।
मतदाताहरूले झुक्किएर टेकबहादुर गुरुङको मत टेकप्रसाद गुरुङलाई दिएको मतगणनाका क्रममा आएको मतको तथ्याङ्कले देखाएको छ ।
टेकबहादुर गुरुङ सभापति शेरबहादुर देउवाको प्यानलमा थिए । टेकप्रसाद गुरुङ सभापतिमा पराजित शेखर कोइरालको प्यानलबाट उम्मेदवार बनेका थिए ।
पार्टी कार्यालय सानेपामा बिहीबार सम्पन्न मतगणनामा आदिवासी जनजातीतर्फका ५० जना उम्मेदवारमध्ये ८ जना नेताहरू निर्वाचित भएका हुन् । ८ पदमध्ये ७ जना शेरबहादुर देउवा समूहका विजयी भएका छन् । एक जना शेखर कोइराला समूहका निर्वाचित भएका छन् ।
टेकबहादुर गुरुङ भनेर झुक्किएका कारण त्यसको फाइदा टेकप्रसाद गुरुङले लिएर निर्वाचित भएका छन् । टेकबहादुर गुरुङ टप थ्रीमा पर्न सकेनन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस