चितवन, नेपाली काँग्रेसका युवा नेता राजेन्द्र डोटेलले आज पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला उपसभापतिमा पदमा उम्मेदवार घोषणा गर्नु भएको छ। युवा हरुको माग लाई सम्बोधन गर्दै आफुले जिल्ला उपसभापतिमा पदमा उम्मेदवार घोषणागरेको बताय ।
नेपाल बिद्यार्थी संघको राजनिति हुदै आँफुलाई काग्रेसको राजनितिमा ल्याउनु भएका डोटेल २०५४ सालमा नारायणी बिद्या मन्दीर बाट नेविसंघको अध्यक्ष हुँदै राजनीति यात्रा सुरु गरेका उनले २०५७ सालमा अमृत साइन्स क्याम्पसको नेविसंघ कार्यसमिति सदस्य हुँदै स्ववियू चुनावसम्म लडेका थिए । पुन चितवन फर्कीएपछि द्वन्द्वकालको समयमा रामपुर क्याम्पसको निर्विरोध स्ववियू सभापति समेत भएका डोटेल नेविसंघको जिल्लाको उप–सभापति समेत भयका थिए ।
उनी नेपाली काँग्रेसको हरेक आन्दोलन तथा कार्यक्रममा सहभागी भई सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले हरेक काँग्रेसीको दुखमा पुगिरहेको बताए ।
नेविसंघमा रहेर सक्रिय राजनीति गर्दादेखिनै पार्टीका हरेक कार्यक्रम र आन्दोलनमा उनी सक्रिय रहेको उनि भातृसंगठनबाट काँग्रेसमा आइपुग्दा उनले चितवन जिल्लाभरका काँग्रेसीहरुको मन जित्न सफल भएको उनको भनाई थियो ।
उनले उप–सभापतिमा आफ्नो जित सुनिश्चित रहेको बताउँदै डोटेलले भने,“कुनै गुट उपगुटमा नलागनेपनि मेरा आफ्ना कार्य कालमा सदस्यता बाडेका २० प्रतिशत प्रतिनिधिभयर आउनु भयको छ। त्यतिमात्रै नभई धेरैको चाहाना र माग समेत रहेकाले मलाइ जिताउनुहुनेछ भन्ने मा आफु ढुक्क रहेकॊ बताय ।
आफूअहिले कुनै समूहमा नरहेर उम्मेदवारी दिएपनि अन्तिम समयसम्म कुनै समूहमले आफूलाई स–सम्मान समूहमा आउन आग्रह गरेमा स्वीकार गर्ने उनले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस