गैडाकाेट नेकपा एमालेको दशाैँ महाधिवेशनको पुर्व सन्ध्यामा नेकपा एमालेले गैँडाकोट ४ का एमाले वडा कमिटी अध्यक्ष नवराज पौडेलले तथा युवा नेता दिनेशराज न्यौपाने को सक्रियतामा नवलपुरमा राजमार्ग सरसफाइ गरेको छ। गैँडाकोट नगरकमिटी वडा नं. ४ ले नगरको काँग्रेसचोक देखि कालीगण्डकी चोकसम्म राजमार्ग सरसफाइ गरेको हो ।
छिमेकी चितवन जिल्लाको नारायणी नदी किनारमा हुन गैरहेको दशाैँ राष्टिय महाधिवेशनमा देशका विभिन्न स्थानबाट आउने अतिथिहरुलाई स्वागत गर्दै नगरलाई चिटिक्क पार्न सरसफाइ गरिएको नेकपा एमाले नगर कमिटी गैँडाकोटका उपसचिव श्रीराम सुवेदीले बताउनु भयो ।
राजमार्ग सरसफाई कार्यक्रममा नेकपा एमालेका नगर सदस्यहरु खुमराज तिमिल्सीना, बासना देवी कायस्थ, युवा नेता दिनेशराज न्यौपाने, वडा नं.४ का एमाले अध्यक्ष नवराज पौडेल, उपाध्यक्ष प्रेमराज तिवारी, सचिव बाबुराम रानाभाट, उपसचिव युवराज भुषाल, लक्ष्मी कमली लगायत को उपस्थिति रहेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस