चितवन नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनका लागि चितवनबाट पार्टी सभापति बन्ने होडमा लागेका नेताहरुमध्ये छ जनाले मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि जितेका छन् भने जगन्नाथ पौडेलले पराजय व्यहोरेका छन् । महाधिवेशन प्रतिनिधिको पराजयसगै जगन्नाथ पौडेलको नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनका लागि चितवनबाट पार्टी सभापति बन्ने बाटो बन्द भयको छ ।
यसअघि चितवनबाट सभापति बन्नका लागि सात जनाले उमेदवारी घोषणा गरेकामा जगन्नाथ पौडेलले भने पराजय व्यहोरे सगै अब आगामी दिनमा छ जना मात्र देखिने छन् ।
वर्तमान जिल्ला कार्यसमितिका उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशीसहित राजेश्वर खनाल, प्रदेश सांसद् मिलनबाबु श्रेष्ठ, विजय शर्मा भुसाल र प्राडा सूर्यकान्त घिमिरेले भने चुनाव जितेका छन् । क्षेत्रीय प्रतिनिधिमा चुनिएकाहरुले मात्रै जिल्लाको सभापति पदमा उमेदवार बन्न पाउने व्यवस्था छ ।
तर, क्षेत्रीय प्रतिनिधिमा जितेर सभापति बन्न चुनावी मैदानमा आउनेमध्ये मिलनबाबु श्रेष्ठ संस्थापन पक्ष का मानिन्छन् भने बाहेक बाँकी पाँच जना संस्थापन इतरका मानिन्छन् ।
यो आकडाले पनि चितवनमा संस्थापन पक्ष कमजोर भएको देखाउँछ ।
जिल्ला तहको अधिवेशन भने चितवनमा यही मंसिर ११ गते हुँदैछ । १० गते गर्ने निर्णय भए पनि कारणवश एकदिन पछाडि सारिएको जिल्ला सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस