चितवन क्षेत्र नं १, नेपाली कांग्रेसका नेता तथा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी केन्द्रीय महाधिवेशन प्रतिनिधि बाटनै पराजित भएका छन् । चितवन क्षेत्र नं १ बाट शेषनाथ अधिकारीले खुल्ला तर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । खुल्ला तर्फ १० जनाको लागि अधिकारी सहित ३६ जनाले उम्मेदवारी दिएका थिए ।
कुल खसेको ९४२ मतमध्ये शेषनाथ अधिकारीले जम्मा २७२ मत मात्र प्राप्त गरेका छन् । शेषनाथ अधिकारी पहिलो संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित संविधान सभा सदस्य समेत हुन । संविधान सभा सदस्य सावित्रीदेवी चौधरी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । समावेशी थारु महिला कोटाबाट उम्मेदवारी दिएकी चौधरीलाई चन्द्रकुमारी चौधरीले पराजित गरेकी हुन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस