उपचारका लागि उत्तराखण्डको सितारगञ्जस्थित अस्पताल लगेका बेला फरार भएका एकजना नेपालीका बारेमा जानकारी दिनेलाई भारतीय प्रहरीले ५ हजार रुपैया भारुको पुरस्कार घोषणा गरेको छ । सितारगञ्जको केन्द्रीय कारागारमा सजाय भोगिरहेका बझाङ घर भएका दीपक भनिने देबेन्द्र धानुक कोभिड अस्पतालबाट प्रहरीको आँखा छलेर भागेका थिए ।
उनीसँगै फरार भएका अन्य तीनजना कैदी पक्राउ परेपनि उनलाई अझै समात्न नसकेपछि इनाम घोषणा गरिएको भारतीय प्रहरीले जनाएको छ । भारतीय प्रहरी र स्पेशल टास्क फोर्स (एसटीएफ)ले धानुकलाई पक्राउ गर्न दिल्ली, पंजाब, यूपी बिहारलगायत ठाउँहरुमा धेरै पटक छापा मारेको थियो ।
नेपाल भागेको आशंकासहित नेपाल प्रहरीको पनि सहायता लिएको थियो । तर सफलता हात नलागेपछि पुरस्कार नै घोषणा गरिएको जनाइएको छ ।
को हुन् देबेन्द्र धानुक (दिपक) ?
बझाङ चैनपुर–८ का बासिन्दा हुन धानुक । उनी चरेश ओसारपसार मुद्धामा ८ बर्षदेखि सितारगञ्जस्थित कारागारमा सजाय भोगिरहेका थिए । दुई बर्ष मात्रै कैद बाँकी भएका बेला उनी फरार भएका थिए । संगैका दुई जना कैदी भने अल्मोडा र मुरादाबादका बासिन्दा थिए ।
धानुकको घर नेपाल भएकाले यतै आएको हुनसक्ने आशंकामा सीमा क्षेत्रमा निगरानी बढाइएको थियो । सितारगञ्जका एसएसपी दलीप सिंह कुँवरने सुरुमा धानुक माथि २ हजार ५ सय रुपैयाको इनाम घोषणा गरिएको र त्यति गर्दा पनि पक्राउ नपरेपछि इनामको राशी बढाएको जनाएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस