काठमाडौँ, नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघ (एनडेका) ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार राजधानीको नेपाल हाउस होटलमा आयोजित कार्यक्रम फरक अवधारणा सहित सम्पन्न भएको हो । शुभकामना आदानप्रदानको शिर्षकमा राखिने कार्यक्रममा भाषणको लामो शृङ्खला रहने परिपाटी अन्त्य गर्दै छोटोमा औपचारिक कार्यक्रमलाई बिट मार्दै उक्त कार्यक्रम सम्पन्न भएको हो ।
एनडेकाका अध्यक्ष दिपक गुरुङले कार्यक्रम सुरु गर्दै आमन्त्रित अतिथिलाई स्वागत तथा शुभकामना दिएपछि कार्यक्रम समापन भएको हो। उक्त अवसरमा अध्यक्ष गुरुङले ब्यानरमा डिक्यान को ठाउँमा एनडेका राखिदा प्रायलाई दुबिधा उत्पन्न भएको भन्दै प्रस्ट्याउने प्रयास पनि गरे। उनका अनुसार पार्टी कै परिपत्र अनुसार सबै भातृ सङ्गठनको नाम अगाडी नेपाल राख्ने निर्देशन भएकाले नाम परिवर्तन गरिएको हो। उक्त संस्था नेपाली काँग्रेस सँग आबद्ध परामर्श व्यवसायीहरूको संस्था हो।
गुरुङले यो नयाँ संस्था हो भन्ने नसोच्न पनि सम्बन्धित सबैलाई आग्रह गरे। कार्यक्रममा एनडेकाका सदस्य परामर्श व्यवसायीहरू, विभिन्न विश्वविद्यालय तथा संघ संस्थाका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
पछिल्लो समय परामर्श व्यवसायीहरूले गरेका शुभकामना कार्यक्रमहरू मञ्चमा राखेर केही सिमित व्यक्तिलाई केन्द्रमा राख्ने भन्दा पनि सबै सदस्यलाई सम्मानित महसुस हुने र अपनत्व रहने सञ्चालन हुँदै आएका छन्। कार्यक्रमलाई अनौपचारिक र भाइचारा वृद्धि गर्ने अवसर बनाउने प्रयासहरू हुँदै आएका छन्।
आजको कार्यक्रममा पनि त्यसको निरन्तरता देखिएको थियो । कार्यक्रममा उपस्थित सबै सदस्यहरूले चिया खाजाको साथमा एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस