चितवन, नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चितवन र धादिङ्गको सिमानामा पर्ने मौवा खोलामा चितवन, नेकपा एमालेका कार्यकर्ता द्वारा भव्य स्वागत गरिएको छ ।
काठमाडौंबाट स्थलमार्ग हुँदै भरतपुर आइरहेका अध्यक्ष ओलीलाई चितवन प्रवेश गर्ने बित्तिकैचितवन, नेकपा एमालेका कार्यकर्ता द्वारा स्वागत गरिएको हो । अध्यक्ष ओलीको स्वागतका लागि चितवनका ठाउँठाउँमा घडा राखिएको छ ।
ओली आज सोमबार जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् ।
यसपछि ओलीले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदनआश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी नदी किनार अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अध्यक्ष ओली नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उद्घाटन गर्न पुग्नेछन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस